ad ad

राजनीति


भारतले हडपेको भूमि फिर्ता गर्न अहिले उत्तम समयः केसी

भारतले हडपेको भूमि फिर्ता गर्न अहिले उत्तम समयः केसी

प्रकाश न्यौपाने
कात्तिक २६, २०७६ मंगलबार ११:१८,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय हीतका लागि सबै राजनीतिक दल एक ठाउँमा एकीकृत हुनुपर्नेमा जोड दिएका छन्।

उनले अहिले भारतले नेपाली जमिन समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि त्यसविरुद्ध नेपालका राजनीतिक दल एकठाउँ हुनु अत्यन्तै राम्रो पक्ष भएको बताए। प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले अब जनता सचेत भइसकेकाले राष्ट्रिय हीतविपरीत जाने जोसुकै दललाई जनताले ल्वाप्पा खुवाउने दावी गरे। उनले एकताले नै मुलुकलाई बलियो बनाउन सकिने जनाए।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतले हडपेको नेपाली भूमि फिर्ता गर्नुपर्ने अहिले उत्तम समय भएको बताए। कालापानी, लिम्पीयाधुरा नेपाली भूमि भएको जनाउँदै उनले सुस्तादेखि अन्य मिचिएका भूभाग पनि अब नेपालले फर्काउन पहल गर्नुपर्नेमा जोड दिए। उनले अहिलेको सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेको आरोप समेत लगाए। मुलुकमा भ्रष्टाचार बढेको, विकासनिर्माणका कामले गति नलिएको उनको आरोप छ। अध्यक्ष केसीले मुलुकको अवस्था हेरेर जनताले संघीयताको विरोध गर्न सुरु गरिसकेको बताए। ठूला दललाई समेत संघीयताप्रति वितृष्णा भइरहेको उनको दावी छ।

अर्को प्रसंगमा अध्यक्ष केसीले वर्तमान सरकारलाई ढाल्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए। जनताको म्याण्डेटअनुसार सरकारले काम गरेन भन्ने राष्ट्रिय जनमोर्चाको विरोध र आलोचना रहने बताउँदै सरकार ढाल्ने पक्षमा भने आफूहरु नरहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .