ad ad

समाज


डा. केसीद्वारा अनसन स्थगित

डा. केसीद्वारा अनसन स्थगित

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ११:७,

डा. गोविन्द केसीले नौ दिनदेखि जारी अनसन स्थगित गरेका छन्।

‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनी डडेलधुरा पुगेर अनसन बसेका थिए।

यद्यपि, स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि लडाइँ जारी रहने भन्दै माग पूरा नभए पनि आन्दोलनमा उत्रिने चेतावनी पनि डा. केसीले दिएका छन्।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने अनसन स्थगनको आधिकारिक जानकारी आफूलाई नआएको बताए।

भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग समेटिएको समचारले आफू स्तब्ध भएको उनले जनाएका छन्।

सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य नहुने पनि उनले स्पष्ट पारेका छन्। 

डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्र लेख्दै नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न आग्रह गरेका छन्।

उनले पत्रमा नेपाल र भारत मिलेर साझा समस्यासँग लड्नुपर्ने आवश्यकता समेत औँल्याएका छन्।

सो पत्र काठमाडौँस्थित भारतीय दूतावासमा बुझाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .