प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेपछि नामका लागि मतदान सुरु भएको छ। तीन दलको संयुक्त प्रस्ताव ‘मधेश’ प्रदेशका लागि मतदान सुरु भएको हो।
मधेश प्रदेश प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त प्रस्ताव हो।
शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह मधेश प्रदेश नामको प्रस्तावक रहेका छन्।
मधेश प्रदेशको प्रस्तावमा पहिलो मत प्रमुख प्रतिपक्षी दल लोसपाकी सांसद तथा पूर्व राज्यमन्त्री डिम्पल झाले गरेकी छन्।
नामलाई पनि पारित गर्न प्रदेश २ सभामा हाल १ सय ४ जना सांसद मध्ये दुई तिहाई अर्थात ७० मत अवश्यक छ।
नामको लागि चारवटा नाम प्रस्ताव भएको छ। नेकपा एसले जानकी प्रदेश, कांग्रेसले मिथिला भोजपुरा प्रदेश र कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका छन्।
मधेश प्रदेशमा दुई तिहाइ बहुमत पुगेको खण्डमा पारित हुने छ। नभए क्रमशः अन्य नामको प्रस्तावमा मतदान हुने छ।
Shares
प्रतिक्रिया