प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ।
सोमबार प्रदेश सभामा भएको मतदानमा सो प्रस्तावमाथि दुई तिहाई मतले जनकपुरधाम राजधानी कायम गर्ने निर्णय गरेको हो।
प्रदेश सभामा कायम १०४ मध्ये ९८ सांसदले मतदान गरेका थिए, जसमा ७९ मत जनकपुरधामको पक्षमा खसेकाे छ।
दुई तिहाई मतले निर्णय गरेसँगै सभामुख सरोज यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम भएको घोषणा गरेका छन्।
‘जनकपुरधाम’ लाई स्थायी राजधानी बनाउनुपर्ने सबै दलको संयुक्त प्रस्ताव हो।
उत्तरमा धनुषा ढल्केबरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र रहेको जनकपुरधाम अब प्रदेश २ काे राजधानी कायम भएको हो।
786
Shares
प्रतिक्रिया