प्रदेश सभा ऐन नीति निर्माण बन्ने स्थल हो। विशेष संवेदनशील स्थल भएकाले यहाँ नीति निर्माता सांसदहरुले न्यूनतम आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।
प्रदेश नम्बर २ प्रदेश सभाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ जारी गरेको छ। यो नियमावलीको दफा १९ मा प्रदेशसभा सदस्यहरुले बैठकमा ११ वटा नियमहरूको पालना गर्नुपर्ने उल्लेख छ। जसमा दफा १९ को (झ) मा बैठक कक्षमा मोबाइल फोन र अन्य हलुका विद्युतीय उपकरण प्रयोग गर्न नहुने उल्लेख छ ।
तर, आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार यादवले पोडियममा बोलिरहेको बेला रोकिएर मोबाइल फोन नै उठाएर कुरा गरेका छन्।
उनले फोन काट्नेबित्तिकै सबै सांसदहरू खित्का छाड्दै हाँस्न थाले। त्यसपछि सांसद यादवले फोन आउँदा उठाउनैपर्यो भन्दै सांसदहरूलाई नहाँस्न आग्रह गरे।
भिडिओ
Shares
प्रतिक्रिया