माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३७ जना केन्द्रीय सदस्यहरुले सोमबार शपथ लिएका छन्।
आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकस्थल ललितपुरको हेरिटेज प्लाजा, सानेपा हाइटमा पुष्पकमल दाहाल प्रचण्डसहितले केन्द्रीय सदस्यको शपथ लिएका हुन्।
बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले आफ्नो नाम दर्ता गराइसकेपछि निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ खुवाएको हो।
माओवादीमा अझै ६२ जना केन्द्रीय सदस्य र अध्यक्षबाहेक १४ जना पदाधिकारी टुंगो लाग्न बाँकी छ। यो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने भएको छ।
75
Shares
प्रतिक्रिया