नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा नेता विमलेन्द्र निधि भोट माग्न आइपुगेका छन्।
प्रदेशको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानका क्रममा नेता निधिले आफू पक्षधर सभापतिका उम्मेदवार रामसरोज यादवलाई भोट मागेका हुन्
कांग्रेस प्रदेश २ मा सभापतिका लागि निधि पक्षधर रामसरोज यादव र संस्थापन पक्षबाट कृष्ण यादव चुनावी मैदानमा छन्।
जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जना ले उम्मेदवारी दिएका छन्। तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेका छन्। बाँकी ६७ पदका लागि मतदान भइरहेको हो।
प्रदेश २ का आठ जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन्।
मतदानमा ढिलाइका विषयमा बुधबार सभापतिका उम्मेदवारद्वय कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुटसमेत भएको थियो। सोही कारण आज बिहानसम्मका लागि मतदान स्थगन गरिएको थियो।
Shares
प्रतिक्रिया