नेपाली काँग्रेस धनुषाको चारवटा प्रतिनिधि सभा क्षेत्र अन्तर्गत ८ प्रदेश सभा क्षेत्रमध्ये ७ वटाको अधिवेशन सम्पन्न भएको छ ।
बिहीबार र शुक्रबार गरी जिल्लाको ७ वटा प्रदेश सभा क्षेत्रको अधिवेशन सकिएको काँग्रेसका धनुषा उपसभापति सन्तोष यादवले जानकारी दिए ।
उनका अनुसार धनुषाको प्रतिनिधि सभा क्षेत्र अन्तर्गत प्रदेश क्षेत्र नं. १ (क) को सभापतिमा जगत सुन्दर साह र (ख) मा ऋषिकेश लामा निर्वाचित भएका छन् ।
प्रदेश क्षेत्र नं. २ (क) मा सुमेद साह निर्वाचित भएका छन् भने (ख) क्षेत्रमा आज निर्वाचन हुँदै छ । यस क्षेत्रमा सुदेश चौधरी र सुचितलाल मरिक सभापतिमा उम्मेदवारी दिएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र ३ (क) मा छेदी राउत र (ख) मा रामचन्द्र पजियार निर्वाचित भएका छन् भने ४ (क) मा योगनारायण यादव र (ख) बासुदेव पौडेल निर्वाचित भएको उनले जानकारी दिए ।
Shares
प्रतिक्रिया