नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं २ को तिनकौरीयामा आज आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र छाडेका नेता झा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नव प्रवेशी झा लाई फूलमाला, गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा झासँगै जनकपुरका वरिष्ठ दन्त चिकित्सक डा. अजय कुमार झा सहित विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गरेका छन्।
1.4k
Shares
प्रतिक्रिया