नेकपा एमालेले मंसिर १० गते गर्ने दसौँ राष्ट्रिय महाधिवेशनको लागि दुई तलाको मञ्च निर्माण गर्ने भएको छ।
उपस्थित सबैले देख्नेगरी मञ्च निर्माण गर्न लागिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
उद्घाटन सत्र चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा हुनेछ।
‘दुई तलाको मञ्च निर्माण हुँदैछ’ भट्टराईले पत्रकारसँग भने।
उनले महाधिवेशनको प्रचार–प्रसार व्यापक बनाइएको पनि बताए।
भट्टराईका अनुसार उद्घाटन सत्रमा उपस्थित हुन नसक्नेहरुको लागि काठमाडौंसहित चितवन, नवरपरासीका ठाउँ–ठाउँमा डिजिटल डिस्प्लेको व्यवस्था मिलाइएको छ।
‘नारायणी नदी किनारमा मात्रै नअट्ने भएकोले गैंडाकोटतिर पनि डिस्प्लेको व्यवस्था मिलाइएको छ, उनले भने, ‘गृह सचिव र सबै सुरक्षा अंगसँग बैठक, १०० ट्राफिक खटिने छन्। मञ्चमा एउटै लय र तालमा ७२ जना कलाकारबाट राष्ट्रिय गान गाउने छन् ।’
सुरक्षा व्यवस्थााई निकै ख्याल गरिएको दाबी गरे। उनका अनुसार उद्घाटनमा ५ हजार स्वयंसेवक परिचालन गरिनेछ।
कार्यक्रममा २ सयभन्दा धेरै स्वास्थ्यकर्मीलाई परिचालन गरिने उनले बताए। उद्घाटनमा आउनेलाई मास्क अनिवार्य गरिएको छ।
बन्दसत्र मंसिर ११ र १२ गते चितवनको सौराहा हुनेछ। त्यहाँ रहेको सेभेन स्टार होटलमा बन्दसत्रको हल निर्माण कार्य भइरहेको छ।
सौराहमा ३५ सय जनाका लागि बस्ने, खाने व्यवस्थापन भएको उनले बताए।
बन्दसत्रमा मनोनितसहित २२ सय प्रतिनिधि सहभागी हुनेछन् भने ५०० स्वयंसेवक परिचालन गरिने प्रचार विभाग प्रमुख भट्टराई बताए।
‘बन्दसत्रबाट नयाँ नेतृत्व चयनको लागि सयवटा विद्युतीय भोटिङ मेसिन राख्ने र त्यो अर्डर भइसकेको छ,’ उनले भने,‘ बन्द सत्रका विभित्र कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण गरिने छ।’
होटल रोयल सफारीमा पत्रकार सम्मेलन नियमित हुनेछ।
Shares
प्रतिक्रिया