नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका बस्नेत ललितपुर क्षेत्र नम्बर ३ बाट खुलातर्फ विजयी भएका हुन्।
महाधिवेशन प्रतिनिधि खुलातर्फ २ सय ७८ मत ल्याएर बस्नेतले जितेका हुन्।
ललितपुर–३ बाट खुलातर्फ अन्यमा उत्तम जोशी, जीतनारायण श्रेष्ठ, टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, ईश्वरी लौडारी र प्रकाश अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
414
Shares
प्रतिक्रिया