गृहमन्त्री बालकृष्ण खाँणका निजी स्वकीय सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा हारेका छन्।
उनी चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिको चुनवामा हारेका हुन्।
यसअघि लामो समयसम्म क्रियाशील सदस्यता रहेका रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिका उम्मेदवार बनेका गृहमन्त्री खाँणका स्वकीय सचिव बिजेश न्यौपाने पनि हारेका थिए।
गृहमन्त्री खाँणको गृहनगर र बलियो पकड रहेको भनिएको रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको उक्त निर्वाचन क्षेत्रबाट न्यौपानेसँगै खाँण समूहको प्यानल नै हारेको थियो।
सोही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता तथा खाणका विश्वासपात्र वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका थिए।
Shares
प्रतिक्रिया