ad ad

ग्लोबल


बुर्किना फासोमा अज्ञात समूहको आक्रमणमा १९ जनाको मृत्यु

बुर्किना फासोमा अज्ञात समूहको आक्रमणमा १९ जनाको मृत्यु

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ८:४१, काठमाडौँ

बुर्किना फासोमा अज्ञात हतियारधारी समूहको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। बुर्किना फासोको सरकारी अधिकारीले दिएको जानकारीअनुसार आइतबार सान्माटेन्गा प्रान्तको सैन्य क्याम्पमा यो आक्रमण भएको हो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो आक्रमणमा मृत्यु हुनेमा १० आम नागरिक र नौजना प्रहरी  अधिकारी छन्। 

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन। यसअघि नोभेम्बर १४ मा पनि सहेल प्रान्तस्थित सैन्य क्याम्पको अज्ञात समूहले आक्रमण गरेको जसमा ४९ सैनिकसहित ५३ जनाको मृत्यु भएको थियो । 

सन् २०१५ यता बुर्किना फासोको सुरक्षा अवस्था कमजोर बनेको छ। त्यसयता भएका विभिन्न आक्रमणमा एक हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ भने १० लाखभन्दा धेरै मानिस विस्थापित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .