ad ad

समाज


काम गर्दागर्दै दुई साथीबीच हानाहान, एकको मृत्यु

काम गर्दागर्दै दुई साथीबीच हानाहान, एकको मृत्यु

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ८:२४, काठमाडौँ

डोटीको बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा दुई साथीबीच आपसमा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। 

आथीको कुटाइबाट स्थानीय ४९ वर्षीय धनबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा सोमबार ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो। उनीहरु दुबै घर छाउने कामदार हुन्।

त्यसक्रममा मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए। 

कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .