नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा पार्टीकाे केन्द्रीय कार्यालयका मुख्य सचिवसहित केही चर्चित नेताहरू पनि हारेका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ मा सम्मपन्न महाधिवेशन प्रतिनिधि चयनकाे चुनावमा कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित केही चर्चित नेता हारेका हुन्।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार मुख्य सचिव पाैडेलसहित आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डेय, नेविसंघका पूर्वमहामन्त्री सरोज थापा, केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसी र डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत खरेल महाधिवेशन प्रतिनिधि चयन हुन नसकेका हुन्।
825
Shares
प्रतिक्रिया