ad ad

राजनीति


प्रधानमन्त्रीलाई कमल थापाले भने : राजालाई गाली गरेर शासन गर्न नखोजे हुन्छ

प्रधानमन्त्रीलाई कमल थापाले भने : राजालाई गाली गरेर शासन गर्न नखोजे हुन्छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १५:५९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब राजालाई गाली गरेर शासन गर्ने समय नरहेको बताएका छन्। 

प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए चुनाव लडेर आउन चुनौती दिएपछि थापाले यसो भनेका हुन्। 

देउवाले अहिलेको शासन व्यवस्थाविरुद्ध पूर्व राजा लागेको आरोप लगाउँदै यस्ता गतिविधि बन्द गर्न चेतावनी दिएका थिए। 

तर अध्यक्ष थापाले राजाविरुद्ध आक्रोश देखाएर अहिलेको व्यवस्था नटिक्ने उल्लेख गरेका छन्।

'राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुस्। न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ। धर्म परिवर्तन व्यापक भएको छ', थापाले भनेका छन्, 'रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भइसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .