नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। उनले न्यायालयको विवादको निकास प्रधानन्यायाधीश आफैँले निकाल्नुपर्ने बताएका हुन्।
नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले आज बुटवलमा गरेको कार्यक्रममा उनले भने, ‘प्रधानन्यायाधीश एकातिर, सबै न्यायाधीश एकातिर हुनुहुन्छ। उहाँले आफ्ना न्यायाधीशहरूलाई कन्भिन्स गर्न सक्नुपर्यो या राजीनामा दिनुपर्यो।
कोइरालाले न्यायालयको विवादमा अब पार्टीहरुले पनि बोल्नुपर्ने बताए। ‘न्यायपालिकाले गर्ने निर्णयमा पो हामीहरू बोल्न हुन्न भन्ने प्रश्न हो’ उनले भने, ‘न्यायपालिका भित्र भएको विसंगती विकृतिको बारेमा हामी किन बोल्न नहुने?’
कोइरालाले कार्यपालिकामा भाग लिने मात्रै नभएर भाग दिने व्यक्ति पनि त्यसमा उत्तिकै दोषी भएको उल्लेख गरे।
उनले पार्टीको महाधिवेशन प्रभावित पार्नको लागि सभापति शेरबहादुर देउवाले व्यूरोकेट्स (कर्मचारी) प्रयोग गरेको आरोप समेत लगाए।
प्रधानमन्त्रीसमेत रहका पार्टी सभापति देउवाले महाधिवेशन आफ्नो पक्षमा पार्नको लागि सीडीओ र डीआईजी प्रयोग गरेको कोइरालाको आरोप छ।
Shares
प्रतिक्रिया