ad ad

राजनीति


पूर्वमाओवादी नेता न्यौपाने बने एमालेको सैनामैना नगर अध्यक्ष

पूर्वमाओवादी नेता न्यौपाने बने एमालेको सैनामैना नगर अध्यक्ष

सुदीप भण्डारी
कात्तिक १०, २०७८ बुधबार १९:१५, काठमाडौँ

रुपन्देही जिल्लाको बुटवल पश्चिमको सैनामैना नगरपालिकामा पूर्वमाओवादी नेता चेतनारायण न्यौपाने एमालेको नगर अध्यक्ष भएका छन्।

विगतमा लामो समय माओवादीमा रहेका उनी सर्वोच्च अदालतको फैसलाबाट नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र विउँतिएपछि एमालेमै रहेका थिए। एमालेबाटै नगर अध्यक्ष कायम रहेका थिए।

मंगलबार भएको नगर अधिवेशनबाट पनि उनी सर्वसम्मत नगर अध्यक्ष चयन भएका हुन्। यसअघि माओवादीमा र पछि नेकपामा रहँदा पनि न्यौपानेले सैनामैना नगरमा पार्टीको नेतृत्व सम्हालेका थिए।  

२०७४ सालको स्थानीय चुनावमा उनी सैनामैनाको मेयरको उम्मेदवार पनि हुन्। 

२०४६ सालबाटै राजनीतिमा सहभागिता जनाए पनि २०५२ सालमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)को पार्टी सदस्य भएका थिए। २०५६ सालमा नेकपा माओवादीमा आबद्ध भए।

माओवादी खुल्ला राजनीतिमा आइसकेपछि कपिलवस्तुको मोतीपुर गाउँ कमिटीको प्रमुख भएका थिए। रुपन्देहीमा आएपछि पार्टीको जिल्ला कमिटि सदस्य र साविक दुधराक्ष र सैनामैना गाउँ कमिटीको इन्चार्ज भए। नगरपालिका भएपछि माओवादीको सैनामैना नगर संयोजक र अधिवेशन भइसकेपछि अध्यक्ष बने। एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनी नगर अध्यक्ष भए। 

सर्वोच्चको फैसलापछि नेकपा विभाजन हुँदा माओवादीबाट प्रदेश सांसद भएका दधिराम न्यौपाने, जिल्ला नेता अनुप बराल लगायत एमालेमै रहे। माओवादीमा नफर्केपछि दधिरामको सांसद पदसमेत गुमेको थियो।

दधिरामहरुसँग चेतनारायण न्यौपाने पनि एमालेमै रहेका हुन्। एमाले विउँतिएपछि चेतनारायण सो पार्टीको नगर अध्यक्षको जिम्मेवारीमा रहेका थिए। कम्युनिष्ट पार्टीमा विभाजन भइरहँदा विगतदेखि नै आफू एकताकै भावबाट मूलधारलाई समातेर बस्ने गरेको न्यौपानेले सुनाए।

‘मोटो मशाल र पातलो मसाल हुँदा खेरी मोटो मशाल तिर रहेर माओवादी बन्न गएँ। पछि माओवादी विभाजन हुँदा पनि मैले मूल नेतृत्व (प्रचण्डपक्ष) लाई नै छोपेर बसेँ’ उनले भने,  ‘दुई पार्टी एक भएर नेकपा भएपछि पनि मैले प्रथम अध्यक्ष केपी ओलीकै लाइनलाई छोपेको थिएँ। पार्टीमा दुई लाइन संघर्ष हुँदा केपी ओलीतिर उभिने, विभाजन हुँदा माओवादी तिर फर्किन चाहिन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .