ad ad

राजनीति


लुम्बिनी प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित

लुम्बिनी प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित

सुदीप भण्डारी
कात्तिक ८, २०७८ सोमबार १७:४०, काठमाडौँ

लुम्बिनी प्रदेश सभाको आजको बैठक स्थगित भएको छ। प्रदेश सभा सचिवालयले सुचना टाँस गरेर बैठक स्थगित भएको जनाएको हो।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले एमालेले वडा अधिवेशन सकेर पालिका अधिवेशनको संघारमा भएकाले बैठक सार्न आग्रह गरेकाले आजको बैठक सरेको बताए।

यस अघि असोज २० गते प्रतिस्थापन विधेयक मार्फत बजेट प्रस्तुत र पारित भएपछि आजसम्मको लागि बैठक स्थगित भएको छ। कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार बनेपछि प्रदेश सभाको नवौं अधिवेशन आह्वान भएको थियो । तर चालु अधिवेशन अन्तर्गतका बैठक सुचारु हुन सकेको छैन।

प्रतिपक्षी एमालेले आफ्नो पार्टीले २ जना सांसदलाई कारबाही गरेको सूचना प्रदेश सभामा जानकारी गराउनुपर्ने माग गर्दै निरन्तर जसो प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएको छ।

एमालेको बहिस्कारका बिच चालु अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिएका थिए भने र नयाँ सरकारले ल्याएको बजेट पारित भएको छ। अन्य एकाध विधेयक पेश भएपनि बाँकी अवधिमा प्रदेश सभा सुचारु हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .