ad ad

राजनीति


बाढी पहिरोमा परेकाको तत्काल उद्धार गर्न गृहलाई प्रधानमन्त्री देउवाको निर्देशन

बाढी पहिरोमा परेकाको तत्काल उद्धार गर्न गृहलाई प्रधानमन्त्री देउवाको निर्देशन

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १२:२०, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। 

उनले गृहमन्त्री बालकृष्ण खाणलाई सरकारी निवास बालुवाटारमा बोलाएर मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन्। 

‘सदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,’ उनले तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .