ad ad

राजनीति


सरकारको बचाउ गर्दै प्रचण्डले भनेः बदनाम गर्न खोजिँदैछ, प्रतिकार गर्नुहोस्

सरकारको बचाउ गर्दै प्रचण्डले भनेः बदनाम गर्न खोजिँदैछ, प्रतिकार गर्नुहोस्

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार ६:१३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बचाउ गरेका छन्।

नेवाः मुक्ति मोर्चा नेपालले आइतबार आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारको बचाउ गर्दै सरकारलाई बदनाम गर्न खोज्नेको प्रतिकार गर्न आग्रह समेत गरे।

‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्’ अध्यक्ष प्रचण्डले भने, उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ।’

अध्यक्ष ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने विषयमा मतभेद चलिरहेको चर्चा चलिरहेकै बेला अध्यक्ष प्रचण्डले विकार र समृद्धिका लागि राजनीतिक स्थिरता र स्थायी सरकार हुनु्पर्ने बताएका हुन्। ‘देशको विकास र राजनीतिक स्थायित्वका लागि स्थायी सरकारको जरुरी छ’, उनले भने, ‘तपाईंह्रुसँग बलियो सरकार भएको हेर्न नचाहनेका विरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल गर्दछु।’

पूर्वप्रधानमन्त्री समेतच रहेका प्रचण्डले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए।

अध्यक्ष प्रचण्डले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औँलयाए।

आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको रु ३० हजारको ऋण मिनाहा गरिदिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .