ad ad

राजनीति


केपी ओलीजत्तिको झुट बोल्न सिपालु सायद नेपालमा अरू छैन : प्रचण्ड

केपी ओलीजत्तिको झुट बोल्न सिपालु सायद नेपालमा अरू छैन : प्रचण्ड

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रचण्ड


नेपालखबर
असोज ४, २०७८ सोमबार ११:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेरि एकपटक कडा आलोचना गरेका छन्। 

नेकपा हुँदा ओलीसँगै अध्यक्ष बनेका प्रचण्डले ओलीजत्तिको झुट बोल्न सक्ने नेता नेपालमा सायद अरू नभएको भनेर टिप्पणी गरेका हुन्। 

सहिद सूर्यनाथ यादवको ३६औं स्मृति दिवसका अवसरमा सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको आलोचना गरेका हुन्। 

आफ्नो माओवादी केन्द्र पनि बिस्तारै एमालेकरण हुन लागेको दोहोर्याउँदै एमाले पार्टीको आलोचना गर्ने क्रममा प्रचण्डले यसका अध्यक्ष  ओलीप्रति पनि कटाक्ष गरेका हुन्। 

‘हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुन थाल्यो, एमाले जस्तो जस्तो, झुटमुट, बेइमानी, जालझेल, ठगठाग, भ्रष्टाचार, पद जसरी पनि प्राप्त गर्ने, गुटैगुट एमाले भन्या त्यही हो’, प्रचण्डले भने, ‘केपी ओली छन् नि झुट बोल्न, त्यत्तिको सिपालु मानिस सायद नेपालमा अरू छैन।’ 

यस्तै एमाले अध्यक्ष ओली धोकाचाहिँ आफूले दिने तर अरूलाई धोकेवाजको आरोप लगाउने प्रवृत्तिको मान्छे भएको आरोप पनि प्रचण्डले लगाएका छन्।  

‘धाेकाचाहिँ आफू दिने धोकैधोकाको छ तिनको जीवन, तर बडो सजिलैसँग अरूलाई धोकेवाज भन्छन्’,  ‘प्रचण्डले भने,  हाे त्यस्तो खालको, पद प्रतिष्ठाका लागि सिद्धान्त, विचार निष्ठा भन्ने कुराचाहिँ पोलेर खान एकछिन पनि गाह्रो नमान्ने मान्छेको जमात रहेछ त्यहाँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .