नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश २ संसदीय दलको नेतामा सत्रुघ्न महतो चयन भएका छन्। एकीकृत समाजवादी संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको हो।
नेकपा एमालेबाट विभाजन भएर गठित एकीकृत समाजवादी पार्टीले दलको मान्यता पाएलगत्तै प्रदेश सांसद र जनप्रतिनिधिले भदौ २२ गतेसम्म सनाखत गरेका थिए।
प्रदेश सांसदको निर्वाचन आयोगबाट मान्यता पाएपछि संसदीय दलको बैठक बसेर दलको नेता चयन गरेको एकीकृत समाजवादीले जनाएको छ।
प्रदेश २ नेकपा एसमा १३ जना प्रदेश सांसद छन्। यसअघि नेकपा विभाजन भएर एमाले पुरानै अवस्थामा फर्केपछि महतो नै संसदीय दलका नेता बनेका थिए।
ओली पक्षका सत्यनारायण मण्डललाई दलको नेताबाट हटाएर माधव पक्षको १३ सांसदले दलको नेता महतोलाई बनाएका थिए।
दलको नेतामा महतो चयन भएपनि सचेतक भने चयन हुन बाँकी छ। प्रदेश २ मा एकीकृत समाजवादीले दुई मन्त्रालयसहित सरकारमा जाने गृहकार्य गरिरहेको छ।
Shares
प्रतिक्रिया