ad ad

राजनीति


भब्य समारोहबीच जापानी सम्राट नारूहितोको गद्दी आरोहण

भब्य समारोहबीच जापानी सम्राट नारूहितोको  गद्दी आरोहण

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १३:१४,

जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मंगलबार पबहान ९ बजे औपचारिकरूपमा राजगद्दी आरोहण गरेका छन्।

जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो।

विश्वभरबाट निम्त्याइएका करिब दुई हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो।

सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै वर्ष मे महिनामा जापानको सम्राट बनेका थिए। विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो।

जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा (राजगद्दी(मा बसेका थिए। त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरे।‘राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिएको छु।’

सम्राट अकिहितोले ३० वर्ष राजगद्दीमा रहँदा सधैँ जापानी जनता र विश्व शान्तिका लागि प्रार्थना गरेको बताए। सम्राट अकिहितोले जनताको दुःख तथा सुखमा सधैँसँग रहने गरेको भन्दै अकिहितोको प्रसंशा गरे।

सम्राट नारूहितोले सम्बोधनमा भने, ‘यस अवसरमा मैले जापानी संविधानअनुसार राज्यको प्रतीक र जापानी जनताको एकताका लागि मेरो जिम्मेवारीलाई पूरा गर्ने सपथ खान्छु।’

उनले भने, ‘जनताको खुसी र विश्वमा शान्तिका लागि सधैँ प्रार्थना गर्दै जापानी जनताको विचारप्रति वफादार रहेर उनीहरूको पक्षमा काम गर्ने अठोट प्रकटसमेत यस शुभ–अवसरमा गर्न चाहन्छु।’

उनले सम्बोधनको अन्त्यमा समस्त मानवजातिको शान्ति र समृद्धिको प्रार्थनासमेत गरेका थिए।

सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको जापानी परम्परागत पहिरनमा सम्राटसँगै रहेको अर्को आसनमा बसेकी थिइन्। उनले लगाएको उक्त वस्त्रमा १२ पत्र रहने जापानी अधिकारीहरूलाई उद्धृत गरी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सम्राट नारूहितोको राज्य आरोहणप्रति खुशी व्यक्त गरेका थिएभने सम्राटको दीर्घायूका लागि समारोहका सहभागी सबैले प्रार्थना गरेका थिए।

प्रधानमन्त्री शिन्जो आबेले समारोहमा सम्राटलाई बधाई ज्ञापनसमेत गरेका थिए।

मंगलबार नै सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्नेछन्। त्यसपछि प्रधानमन्त्री आवेले सबै अतिथिहरूका लागि रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।

संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलंकारिक रहन्छ। उनले नागरिकहरूसँग अन्तक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्नेछन्।

जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ। रासस÷सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .