ad ad

राजनीति


उपत्यकाबाट विप्लवका ५ नेता पक्राउ

उपत्यकाबाट विप्लवका ५ नेता पक्राउ

नेपालखबर
असार ५, २०७६ बिहिबार ५:२९,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ नेतालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेकपाका रामेछाप जिल्ला इन्चार्ज ककुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द र उदयपुर जिल्ला इन्चार्ज विकास रहेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

सरकारद्वारा प्रतिबन्धित नेकपाका कार्यकर्ताले गोप्य रुपमा संगठन विस्तार लगायतका गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजना र राज्यद्रोहको मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .