प्रदेश २ मा जनता समाजवादी पार्टीका थप तीन सांसदले नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्।
प्रदेश सांसद अभिरा शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले आइतबार जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपामा सनाखत गरेका हुन्। यो सँगै प्रदेश २ मा जसपाबाट लोसपामा सनाखत गर्ने प्रदेश सांसदको संख्या १५ पुगेको छ।
यसअघि बिहीबार १० जना र शुक्रबार दुईजना सांसदले लोसपमा सनाखत गरेका थिए। पूर्वसमाजवादी फोरमका ३० र पूर्व राजपाका २५ गरि ५५ सांसद रहेको जसपामा अब सांसद संख्या ४० मा झरेको छ।
जितेन्द्र सोनलले सनाखत गर्न अझै बाँकी छ। यद्यपी २२ गतेसम्म केही सांसद अझै फकाएर संख्या बढाउने प्रयासमा लोसपा लागेको छ।
693
Shares
प्रतिक्रिया