जसपाका थप २ जना प्रदेश सांसदले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्।
गिरी तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् भने झा पूर्व राजपाकी सांसद।
गिरीले उपेन्द्र यादवले मधेस आन्दोलन, सहिद तथा घाइते परिवारलाई धोका दिएर मधेसको मुद्दा विसर्जन गरेकाले मधेशको एजेण्डा बोकेको लोसपा रोजेको बताए। फोरम पृष्टभूमिका लोसपामा सनाखत गर्ने गिरी पहिलो सांसद हुन्।
यसअघि बुधबार निर्वाचन कार्यालय पुगेर जसपाका १० जना सांसदले सनाखत गरेका थिए। प्रदेश सांसद जितेन्द्र सोनलले ११ जना सनाखत गर्न आएको बताए पनि एक प्रदेश सांसद समयमा पुग्न नसक्दा सनाखत गर्न सकेनन्।
हालसम्म जसपाबाट १२ जनाले लोसपा रोजेका छन्। अब जसपाबाट जितेन्द्र सोनल, अभिराम शर्मा, उपेन्द्र महतोसहितका सांसद सनाखत गर्न बाँकी छन्।
यद्यपि तीनजना लगायत अझै ६ जना सांसद सनाखत गर्ने सम्भावना रहेको सो पक्षका प्रदेश सांसद प्रमेश्वर साहले नेपालबरलाई बताए। पूर्वराजपा पृष्टभूमिका १० जना सांसद जसपामै रहने भएपछि १५ जनाभन्दा बढी प्रदेश सांसद लोसपामा पुर्याउन महन्थ ठाकुरलाई सकस छ ।
प्रदेश २ मा जसपामा पूर्व समाजवादी का ३० र राजपाका २५ गरी जम्मा ५५ जना प्रदेशसभा सदस्य छन्।
अन्य सांसद समेत जसपाबाट तानेर सँगै सनाखत गराउन जाने मनस्थितिको कारण जितेन्द्र सोनलसहितका ३ सांसदले सनाखत गरेका छैनन्।
जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका केन्द्रीय नेतादेखि सांसदसम्म जनप्रतिनिधि तान्न जनकपुरमा केन्द्रित भएका छन्।
Shares
प्रतिक्रिया