नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी गठनको तयारीमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन्।
उनीहरु नयाँ बानेश्वरको होटल अर्यालमा आन्तरिक छलफल गरिरहेका छन्। नयाँ पार्टी गठनको परामर्शमा उनीहरु छलफलमा जुटेका बताइएको छ।
नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ। उक्त समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो।
नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
पार्टीको नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भए पनि अन्तिममा एमाले समाजवादी राख्ने र खुला किताब चुनाव चिह्न राख्ने सहमति जुटेको हो।
नेपाल पक्षले कम्तीमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ। पार्टीको नाम, विधान, प्रस्तावना यसअघि नै टुंगो लगाइसकिएको छ।
तस्बिरहरु:
Shares
प्रतिक्रिया