ad ad

राजनीति


प्रतिनिधि सभा विघटनविरुद्धका बाँकी २९ रिटको टुंगो आज

प्रतिनिधि सभा विघटनविरुद्धका बाँकी २९ रिटको टुंगो आज

नेपालखबर
भदौ २, २०७८ बुधबार १२:२०, काठमाडौँ

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद विघटन गरेपछि परेका २९ रिटमा आज सुनुवाइ हुने भएको छ। 

यसअघि शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा सुनुवाइ गरेकै न्यायाधीशहरुको इजलासमा पेशी तोकिएको छ। 

उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो।

२९ मध्य ४ वटा रिटमा भने केपी ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ। केही रिटको भने प्रारम्भिक सुनुवाइ पनि भएको थियो। 

तर पछि इजलास गठनमा विवाद भएपछि सुनुवाइ सुरुबाटै भयो र देउवासहितको रिटको सुनुवाइ सकेर मात्रै अरु रिटमा जाने इजलासले निर्णय गरेको थियो। 

शेरबहादुर देउवासहितका सांसद नै सर्वोच्च पुगेर रिट दायर गरेपछि संवैधानिक इजलासले उक्त रिटको सुनुवाइ गरेर मात्रै अन्य रिट बारे फैसला गर्ने निर्णय गरेको थियो। 

उक्त रिटमा फागुन २८ गते फैसला गर्दै देउवालाई दुई दिनभित्रमा प्रधाननमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

यही प्रकृतिका मुख्य रिटमा आदेश भइसकेकाले बाँकी रिटमा सोही बमोजिम हुने गरी यी रिटको टुंगो लाग्ने एक निवेदकले बताए। ‘सांसदज्यूहरु आफैं गइसकेपछि मुख्य सरोकारवाला उहाँहरु हुनुभयो। मुद्दाको छिटो टुंगो लगाउनका लागि पहिले त्यो रिटको सुनुवाइ गरियो। 

एउटै विषयका रिट भएकाले सोही आदेशबमोजिम गर्नु भनेर अदालतले टुंग्याइदिन्छ। यो औपचारिकताको लागि मात्रै हो’, उनले भने। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति संसद विघटन गरेकी थिइन्। तर दोस्रो पटक गरिएको विघटन पनि सर्वोच्चले बदर गरिदिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .