ad ad

राजनीति


एमाले फुट्दा वामदेव गौतम पनि माधव नेपालतिर

एमाले फुट्दा वामदेव गौतम पनि माधव नेपालतिर

नेपालखबर
भदौ १, २०७८ मंगलबार १३:५४, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्न लागेको नयाँ पार्टीतिर लाग्ने भएका छन्।

एमालेले आज च्यासलमा राखेको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका गौतमले नयाँ पार्टी दर्ता गर्दा माधव नेपाललाई साथ दिने निर्णय लिएका हुन्।

केपी शर्मा ओली र नेपालबीच विवाद चलिरहँदा एमालेको केही बैठकमा सहभागी पनि भएका उनी नयाँ दल दर्ता हुने अवस्थामा एमाले छाड्ने पक्षमा उभिएका हुन्।

'उहाँ (वामदेव) अब माधव नेपालकै पक्षमा उभिनु भएको छ', उनका एक सहयोगीले भने, 'पहिले पनि उहाँले माधव पक्षले नयाँ पार्टी बनाउने अवस्थामा आफू त्यतै लाग्ने बताइसक्नु भएको थियो।'

यसअघि च्यासलमै भएको बैठकबाट ओलीले आफूमाथि अधिकार केन्द्रित गर्दा उपाध्यक्ष गौतमले आपत्ति प्रकट गरेका थिए। उनले त्यसबेला गाली गर्ने अधिकार पनि अझै थप्न भन्दै ओलीलाई कटाक्ष गरेका थिए। 

२०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित हुँदा उनी तटस्थ बसेका थिए। तर फागुन २३ मा एमाले ब्यूँतिएपछि उनी माधव पक्षसँग नजिक थिए।

एमालेको बैठकमा सहभागी हुँदै आएका उनी र पत्नी तुलसा थापा पनि नेपालतिरै लाग्ने निर्णयमा पुगेका छन्। एमालेकी अर्की सांसद माया ज्ञवाली पनि आजैदेखि नेपालतिरै लागेकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .