ad ad

राजनीति


न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने

न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने

फाइल तस्बिर: गठबन्धन बैठक


नेपालखबर
साउन २३, २०७८ शनिबार १७:४, काठमाडौँ

सत्तारूढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको  न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ। 

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको हो। 

कार्यदलले संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेतालाई बुझाएको थियो। 

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एवं जनमोर्चाकै सांसद पौडेल सहभागी थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .