ad ad

राजनीति


निवर्तमान मन्त्री श्रेष्ठले भने : एकैपटक धेरै मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो

निवर्तमान मन्त्री श्रेष्ठले भने : एकैपटक धेरै मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो

नेपालखबर
असार २९, २०७८ मंगलबार १७:१७,

निवर्तमान मन्त्री कृष्णगोपाल श्रेष्ठले एकैपटक धेरै मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भएको बताएका छन्।

श्रेष्ठले मंगलबार पाँच मन्त्रालयबाट विदा लिँदै धेरै मन्त्रालयबारे सिक्ने मौका पाएको बताए।  

प्रधानमन्त्री केपी ओलीको वर्हिगमनसँगै मन्त्री श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि, स्वाथ्य तथा जनसंख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालयबाट विदा लिएका हुन्।

विदाइ समारोहमा निवर्तमान मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न मन्त्रालयमा गरेका  कामबारे जानकारी गराएका थिए। श्रेष्ठले मन्त्रालयका सचिव लगायत कर्मचारीको सहयोगले उल्लेख्य काम गर्न सम्भव भएको बताए। 

‘सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकोले सम्भव भएन, जति सम्पन्न गरेँ त्यसमा अति खुसी लागेको छ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .