ad ad

छापा खबर


२१ वर्षमै मुटुकाे शल्यक्रिया, किन बढ्दैछ युवा अवस्थामै मुटुरोग?

२१ वर्षमै मुटुकाे शल्यक्रिया, किन बढ्दैछ युवा अवस्थामै मुटुरोग?

नेपालखबर
असोज १३, २०७६ सोमबार ३:५१,

२१ वर्षीय सुमन केसीको ४ वर्षअघि मनमोहन कार्डियोथेरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हृदयाघात भएपछि शल्यक्रिया भयो। उनलाई हृदयाघात के हो भन्ने थाहै थिएन।

अहिले सुमन निरन्तर चिकित्सकको निगरानीमा छन्। डा. भगवान् कोइराला नेतृत्वको टोलीले केसीको शल्यक्रिया गरेको थियो।

यस्तै सिन्धुपाल्चोकका २६ वर्षीय विजय पौडेलको पनि २ वर्ष पहिले हृदयाघातका कारण शल्यक्रिया गर्नुपरेको थियो। उनी पनि समयसमयमा चिकित्सकको फलोअपमा छन्।

युवापुस्तामै मुटुसम्बन्धी रोगले सताएका यी दुई प्रतिनिधि पात्र मात्र हुन्। धेरै युवा हिजोआज मुटुसम्बन्धी रोगका कारण पीडित हुने गरेका छन्।

मुख्यतया २० देखि ४० वर्ष उमेर समूहका युवापुस्तालाई मुटुरोगले आक्रान्त पारिरहेको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले अव्यवस्थित जीवनशैलीका कारण युवापुस्ता मुटुरोगको चपेटामा परेको बताए।

डा. अनिलको नेतृत्वमा केही वर्ष पहिले स्वास्थ्य मन्त्रालय र हार्ट क्लिनिकले संयुक्त रूपमा गरेको सर्वेक्षणमा समेत २५ प्रतिशत युवामा कुनै न कुनै किसिमको मुटुसम्बन्धी रोग रहेको पाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .