ad ad

कारोबार


एकदिनमै प्याजको मूल्य किलोमा ३० रुपैयाँ बढ्यो

एकदिनमै प्याजको मूल्य किलोमा ३० रुपैयाँ बढ्यो

नेपालखबर
असोज १३, २०७६ सोमबार ३:४१,

प्याजको भाउ एकै दिनमा किलोको ३० रुपैयाँ बढेको छ।

काठमाडौँको कालिमाटीमा आइतबार खुद्रा १ सय ५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज सोमबार १ सय ३५ रुपैयाँमा बिक्री भइरहेको छ।

भारतबाट प्याजको आयात रोकिएकाले भाउ बनेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै यसको असर नेपाली बजारमा परेको हो।

अस्वाभाविक रुपमा बढेपछि भारतले नेपालमा प्याज आयातमा आइतबादेखि रोक लगाएको छ।

भारतमा वर्षाको कारण प्याजको उत्पादन घटेपछि भाउ बढेको व्यापारीहरुले बताएका छन्।

नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ।

चाडपर्वको मुखमा प्याजको भाउ बढ्दा उपभोक्ता मारमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .