ad ad

छापा खबर


जापानी रोजगारी ‘भाग्य’मा भर, चिठ्ठा परे मात्रै परीक्षा दिन पाइने

जापानी रोजगारी ‘भाग्य’मा भर, चिठ्ठा परे मात्रै परीक्षा दिन पाइने

नेपालखबर
असोज १३, २०७६ सोमबार ३:३६,

जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ।

एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने सूचना जारी गरेको हो ।

अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ। यो खबर आजको नागरिक दैनिकमा छापिएकाे छ।

फाउन्डेसनले परीक्षामा सामेल हुन चाहनेका लागि अनलाइन दरखास्त आह्वान गरिएको जनाएको छ।

रोजगारीका लागि जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय काम गर्न काठमाडौँस्थित जापानी दूतावासले जापान फाउन्डेसनलाई नियुक्त गरेको छ।

फाउन्डेसनले कात्तिक १०, ११ र १२ मा पहिलो चरणको भाषा परीक्षा हुने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .