ad ad

समाज


मार्वलले च्यापिँदा मजदूरको मृत्यु

 मार्वलले च्यापिँदा मजदूरको मृत्यु

नेपालखबर
असोज १३, २०७६ सोमबार ४:६,

गोरखाको गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको लागि मार्बल झार्ने क्रममा एक मजदूरको मृत्यु भएको छ।

जिल्ला अदालत गोरखाको निर्माणाधिन भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा च्यापिएर सिरहाको मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी र्दिए।

ट्रकभित्र मार्बल अनलोड गर्न पसेका बेला एकातिरको सामान निकाल्दै गर्दा अर्कोपट्टिको मार्बल बण्डल झरेर शाहानीको छातीमा लागेको प्रहरीले जनाएको छ।

“मार्बल गह्रौ हुने भएकाले तत्कालै सहनीमो मृत्यु भयो,’ शर्माले भने।

गम्भीर घाइते शाहानीलाई उपचारका लागि गोरखा अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषणा गरेका प्रत्यक्षदर्शी दिनेश नेपालीले जानकारी दिए।

मृतकको शव परीक्षण गरी सोमबार आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ।

०७२ को बारपाक भूकम्पमा पुरानो भवनमा क्षति पुगेपछि गोरखा नगरपालिका–६ स्थित अदालतको सुविधा सम्पन्न भवन निर्माणाधीन अबस्थामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .