ad ad

छापा खबर


यातायातमा अझै श्री ५ कै पालाको नीति !

यातायातमा अझै श्री ५ कै पालाको नीति !

नेपालखबर
साउन २०, २०७६ सोमबार १:३,

देशमा गणतन्त्र आएकै एक दशक बढी भयो। मुलुकमा नयाँ संविधान जारी भएर पनि लागू भइसकेको छ।

सबै नीति नियम समयानुकूल फेरिएका छन्। तर सिंगो यातायात क्षेत्रको राष्ट्रिय नीति भने श्री ५ कै पालाको छ।

श्री ५ को सरकारले बनाएको यातायातसम्बन्धी नीति परिवर्तन भएका छैनन् भने कतिपय विषय १८ वर्षपछि हालसम्म पूरासमेत भएका छैनन्।

राजतन्त्र हटेपछि झन्डै दर्जन सरकार फेरिएका छन्, ती सरकारले १८ वर्षअघि राजाले नै लिएको नीतिजस्तै विषयलाई एजेन्डा बनाउने गरेका छन्।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा २०५८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयले राष्ट्रिय यातायात नीति जारी गरेको थियो। सो राष्ट्रिय नीति जारी भएको १८ वर्षपपछि आजसम्म पनि उही नै छ। यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

सरकारले राष्ट्रिय यातायात नीति, २०५८ संशोधनको तयारी भने गरेको छ। मन्त्रालयका प्रवक्रा तथा सहचसचिव राजेश्वर ज्ञवालीले नीति संशोधनको प्रक्रियामा रहेको भन्दै विस्तृतमा बुझेर जानकारी दिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .