ad ad

छापा खबर


सेटिङमा काठमाडौंको नयाँ बसपार्क कब्जा भएको खुलासा

सेटिङमा काठमाडौंको नयाँ बसपार्क कब्जा भएको खुलासा

नेपालखबर
साउन २०, २०७६ सोमबार ०:३३,

काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ।

ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तत्कालीन पदाधिकारीको सहारा लिएको थियो। 

तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोलमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा राजेश बर्मा निर्दाेष घोरसाइने मिलेर लेखेका छन्।

२०५६ सालमा महानगरले ल्होत्सेलाई नयाँ बसपार्क हस्तान्तरण गरिसकेपछि ल्होत्सेले बसपार्कले चर्चेको एक सय ६० रोपनी जग्गाभित्र मूल सम्झोता र गुरुयोजनाविपरीत सपिङ कप्लेक्स, व्यापारिक प्रतिष्ठान निर्माण गरेको थियो।

ल्होत्सेले यसरी अवैधानिक रूपमा संचरना बनाएपछि विवाद भएको थियो। विवादलाई वैधता दिलाउन आयोगलाई अघि सारिएको अन्नपूर्णलाई प्राप्त कागजातमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .