ad ad

छापा खबर


लकडाउनमा अघिअघि टेलिकम, पछिपछि एनसेल!

लकडाउनमा अघिअघि टेलिकम, पछिपछि एनसेल!

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ०:३५,

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन्।

कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न सर्वेक्षण गर्ने अहिलेसम्मकै नौलो प्रयोगको सुरुवात पनि सेवा प्रदायकले गरिसकेका छन् । संयोग भन्नुपर्छ, प्रतिस्पर्धी मुख्य दुई सेवा प्रदायकले बन्दाबन्दीयता सार्वजनिक गरेका प्रायः सबै सुविधा र सन्देश मिल्दाजुल्दा छन्।

बन्दाबन्दीको समयमा सकेसम्म भावनात्मक रूपमा समेत जोडिने प्रयासमा देखिन्छन् सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल।

एक किसिमले यी दुई सेवा प्रदायकबीच आफ्ना ग्राहकसँग नौलो तरिकाबाट जोडिने अप्रत्यक्ष प्रतिस्पर्धासमेत देखिन्छ । त्यही प्रतिस्पर्धामा यसपटक भने टेलिकम अगाडि परेको खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।

कुनै समय एनसेलले सार्वजनिक गर्ने डेटा अथवा भ्वाइस सुविधापछि मात्र बजार प्रवद्र्धनको रणनीतिमा जुट्न थाल्ने टेलिकम कोरोनाबारे सन्देश प्रवाह गर्ने अथवा नयाँ सेवा सार्वजनिक गर्ने काममा अहिले ‘लिडर’ बनेको छ।

यस अर्थमा कि टेलिकमले पछिल्लो समय सार्वजनिक गरेका हरेक नयाँ सेवा र सन्देश एनसेलले करिब उस्तै ढङ्गबाट लगत्तै सार्वजनिक गर्दै आएको छ।

टेलिकमले पहिलोपटक चैत ६ गते कोरोना सङ्क्रमणका लक्षणसहितको सीआरबीटी सन्देश दिन सुरु गर्यो। प्रयोगकर्ताले टेलिकमको अर्को नम्बरमा फोन गर्दा त्यस्तो सन्देश सुन्नसक्ने सुविधा थियो । एनसेलले त्यसको केही दिनपछि यस्तै किसिमको सन्देश आफ्ना प्रयोगकर्तालाई दिन सुरु ग¥यो।

नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्जमा शतप्रतिशत बोनस र ऋण सापटी उपलब्ध गराउन निर्देशन दिएको अर्को दिन टेलिकमले चैत ११ गते रातिदेखि १८ गतेसम्मका लागि यस्तो बोनस उपलब्ध गराउन थाल्यो।

एनसेलले त्यसको अर्को दिन चैत १२ गते रिचार्जमा ५० प्रतिशत बोनस उपलब्ध गराउन सुरु ग¥यो।

त्यसको अर्को दिन नै फेरि रिचार्जमा १२० प्रतिशतसम्म बोनस दिने घोषणा एनसेलले ग¥यो । प्राधिकरणको निर्देशनअनुसार टेलिकमले प्रयोगकर्तालाई सापटी सेवा भने उपलब्ध गराएन । एनसेलले बोनससँगै यस्तो सुविधा पनि उपलब्ध गरायो।

कोरोनाबाट सम्भावित सङ्क्रमितको पहिचानमा सहयोगी हुनेगरी टेलिकमले वैशाख २ गतेदेखि सर्वेक्षण सुरु ग¥यो । कोरोनाको लक्षणअनुसार तयार गरिएका प्रश्नको प्रयोगकर्ताले उत्तर दिनुपर्ने व्यवस्था यसमा गरिएको थियो । एनसेलले वैशाख ४ गतेदेखि ठीक यस्तै सर्वेक्षण सुरु ग¥यो।

यसमा एनसेलले सर्वेक्षणपछि कोरोनाको लक्षण र बच्ने उपायसहितको म्यासेज पठाउने नयाँ काम थप गरेको थियो । दुवै कम्पनीले कोभिड १९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेका थिए।

ब्यालेन्स सकिएर आफन्तसँग सम्पर्क गर्न नसकेका आफ्ना करिब दुई लाख प्रयोगकर्ताका लागि टेलिकमले शून्य ब्यालेन्समै फोन, डेटा र एसएमएस प्रयोग गर्नसक्ने सुविधा वैशाख ८ गतेदेखि सुरु ग¥यो।

एनसेलले वैशाख ९ गते जिरो ब्यालेन्समा त्यस्तै किसिमको सुविधा ग्राहकलाई उपलब्ध गरायो । यसमा ग्राहकले पछि पैसा तिर्न सकिने विकल्प एनसेलले उपलब्ध गराएको थियो।

यसबीचमा एनसेलले मोबाइलमा आफ्नो नेटवर्कको नाम देखाउने ठाउँमा प्रयोगकर्तालाई घरमै बस्ने आग्रहसहितको नयाँ प्रयोग पनि ग¥यो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .