ad ad

समाज


कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १:८,

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार १ सय ८२ पुगेको छ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ७ सय २५ जनाले ज्यान गुमाएका छन्। गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २४ सय भन्दा बढीको मृत्यु भएको छ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ लाख ३६ हजार ९ सय ३३ पुगेको वल्डओमिटरले जनाएको छ। यो बिहीबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म संक्रमितमध्ये सात लाख १७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ४७ हजार ६ सय ५९ जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या ८ लाख ८४ हजार ७ सय १७ पुगेको छ।

त्यसैगरी इटालीमा अहिलेसम्म २५ हजार भन्दा धेरैको मृत्यु भइसेको छ। स्पेनमा २१ हजार ७ सय १७, फ्रान्समा २१ हजार ३ सय ४०, युकेमा १८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

स्पेनमा २ लाख भन्दा धेरै, इटालीमा १ लाख ८७ हजारभन्दा धेरै, जर्मनीमा १ लाख ५० हजारभन्दा धेरै, फ्रान्समा १ लाख ५९ हजारभन्दा धेरै, युकेमा १ लाख ३३ हजारभन्दा धेरै संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .