ad ad

समाज


साइबर अपराधमा पूर्वसचिव उपाध्याय पक्राउः उनले प्रधानमन्त्री ओलीविरुद्ध यस्तो लेखेका रहेछन्

साइबर अपराधमा पूर्वसचिव उपाध्याय पक्राउः उनले प्रधानमन्त्री ओलीविरुद्ध यस्तो लेखेका रहेछन्

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ०:२७,

पूर्वसचिव भीम उपाध्यायलाई ‘साइबर अपराधसम्बन्धी घटना’मा प्रहरीले पक्राउ गरे पनि उनको अपराध स्पष्ट भइसकेको छैन।

सरकारका पूर्वसचिव उपाध्यायलाई ‘साइबरसम्बन्धी अपराध गरेको’ आरोपमा प्रहरीको साइबर ब्युरोले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई अहिले सोह्रखुट्टेको प्रहरी हिरासतमा राखिएको छ।

उपाध्यायले ‘फेसबुक र ट्विटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको’ भने पनि प्रहरीले घटना स्पष्ट पारेको छैन। 

साइबर अपराधको कसुरमा आज (बिहीबार) काठमाडौं जिल्ला अदालतमा उपाध्यायलाई उपस्थित गराइने प्रहरी स्रोतले जनाएको छ।

केही समयअघि मेडिकल सामग्री खरिदका विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो।

यस्तै उनले तीन दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा दिएको अभिव्यक्तिविरुद्ध भने ट्विटरमा यस्तो व्यंग्य गरेकाे पनि पाइएकाे छ:

 

गत चैतमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स (छलफल) गर्दा प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट बच्ने उपाय बताउने क्रममा कोरोना निर्जीव वस्तु हो लगायत विभिन्न खालका धारणा प्रस्तुत गरेका थिए। जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

याे पनि: 

कोरोना भाइरस जीव कि निर्जीव? यसाे भन्छन् विज्ञ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .