ad ad

छापा खबर


सरकार ‘रिकभरी’ योजनाको तयारीमा : अर्थमन्त्री खतिवडा

सरकार ‘रिकभरी’ योजनाको तयारीमा : अर्थमन्त्री खतिवडा

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १:५१,

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकार अहिले ‘रिकभरि’ योजना तयार गर्ने क्रममा रहेक बताएका छन्।

प्रतिबद्धता प्राप्त भएका लगानी छिटोभन्दा छिटो ल्याउने, नयाँ लगानीको स्वीकृति छिटो दिने र बजारमा सकेसम्म धेरै लगानी परिचालनको वातावरण बनाउने योजनामा सरकार लागेको उनले बताएका खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

लकडाउन खुल्ने बित्तिकै आन्तरिक पर्यटन राम्रो हुने, चीनबाट आउने पर्यटकलक्षित कार्यक्रम बनाइने र यो राजनीतिक तहबाट काम गर्ने भएकाले त्यसमा सरकारले काम गर्ने जानकारी खतिवडाले दिए।

सरकारले अहिलेसम्म गरेका प्रयासले आन्तरिकतर्फ सङ्क्रमण विस्तारको जोखिम कम रहेको र यसले गर्दा केही व्यवसाय र भौगोलिक क्षेत्रमा खुकुलो बनाउन सकिन्छ कि भनेर विचार भइरहेको उनले बताए।

राहतका कार्यक्रम सार्वजनिक गर्दा पहिलो लकडाउनको अवधिमा नै नेपालले सङ्क्रमणको जोखिम पार गर्छ भन्ने सरकारको अनुमान रहेको तर त्यस्तो नभएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘विश्वका धेरै मुलुकमा भएको सङ्क्रमणको स्थिति हेर्दा हामीले दूरदर्शी दृष्टिकोण र सही निर्णय नै गरेको प्रमाणित भएको छ।’

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलद्वारा प्रस्तुत २४ बुँदे सुझाव ग्रहण गर्दै उनले भने, ‘सरकारको क्षमता सीमित छ, राजस्वको स्रोत आयातमुखी छ, त्यो पनि घटेको छ र यसबाट सरकारको आय पनि घटेको छ।’

उनले अहिले कोष परिचालन र सरकारको ट्रेजरी खर्च गर्ने दुईवटा विकल्प सरकारसँग रहेको भए पनि ट्रेजरी त्यति सहज अवस्थामा नरहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .