ad ad

छापा खबर


देशैभरी आधारभूत स्वास्थ्य सेवा अवरुद्ध

देशैभरी आधारभूत स्वास्थ्य सेवा अवरुद्ध

नेपालखबर
बैशाख ८, २०७७ सोमबार २:८,

कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ। लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.झलक गौतमले नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोना भन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा रहने बताएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गाैतमले लेखेका छन्।

एक महिनाको अवधिमा ४५ देखि ५० हजार बालबालिकालाई खोप लगाउनुपर्ने उनको भनाइ छ। भाइरलजन्य रोगविरुद्ध लड्ने क्षमता अभिवृद्धिका लागि जन्मिएको १५ दिनभित्र बीसीजी खोप दिइन्छ।

क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस, हेमोफिलस, पोलियो, निमोनिया, जापानिज इन्सेफलाइटिस, दादुरा र रुबेलाको खोप जन्मेदेखि १५ महिनाभित्र लगाइसक्नुपर्ने उनले बताए।

डा.गौतमका अनुसार १५ महिनाभित्र ६ लाख २० हजार बालबालिकालाई खोप लगाउनु पर्छ। यसका लागि नवजात शिशुका अभिभावकले खोप केन्द्रमा ६ देखि ७ पटकसम्म ल्याउनु पर्छ।

यातायात सञ्चालन नहुँदा धेरै ठाउँमा भ्याक्सिन पठाउन नसकिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। लकडाउनका कारण हिँडडुल गर्न रोक लगाइएको र भ्याक्सिन पनि पर्याप्त नभएको जनाउँदै खोप सेवा सञ्चालन अवरुद्ध हुन पुगेको हो।

खोप सेवा प्रभावित हुँदा बाल मृत्युदर जोखिम हुने विज्ञको भनाइ छ। नियमित खोप सुरु गर्ने निर्णय भए पनि विशेष खोपअन्तर्गत दादुरा र रुबेलाविरुद्धको खोप सेवा भने तत्कालै सञ्चालन नहुने डा। गौतमले बताए। लकडाउन खुलेपछि मात्र ती खोप सुरु गरिनेछ।

नियमित आधारभूत स्वास्थ्य सेवा अवरुद्ध भएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबारको प्रेस ब्रिफिङमा केही स्थानमा आधारभूत सेवा सुचारु नभएको जानकारी प्राप्त हुन आएको बताए।

नियमित खोप सेवा, सुरक्षित मातृत्व सेवा, नवजात शिशु उपचार सेवा, सुरक्षित गर्भपतन सेवा, परिवारनियोजन सेवा, क्षयरोग, मलेरिया र एचआइभीविरुद्धको औषधि सेवन गर्ने सेवालगायत आधारभूत सेवा केही स्थानमा अवरुद्ध भएको गुनासोमा मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिए।

हरेक स्थानीय तहमा रहेका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमार्फत नियमित आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न देवकोटाले अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .