क्यानडाको नोभा स्कोसा प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले ग्रामीण बजार पोर्तापिक्युमा शनिबार रातिदेखि लगातार १२ घण्टासम्म गोली चलाएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
त्यहाँको प्रहरीका अनुसार ५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएका हुन्। पोर्तापिक्युका धेरै स्थानमा गोली चलाएपछि उनको पनि मृत्यु भएको छ।
गोलीकाण्डमा मृत्यु हुनेको संख्या १३ बाट अझै बढ्न सक्ने अनुमान गरिएको छ।
पछिल्लो १३ वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड भएको क्यानडियन प्रहरीले जनाएको छ।
्
प्रतिक्रिया