उखु किसानलाई उत्पादन प्रोत्साहन अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले थप साढे ४१ करोड रुपैयाँ निकासा गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ४१ करोड ४९ लाख १३ हजार रुपैयाँ बिहीबार निकासा गरेको हो।
नपुग भएको रकम अर्थलाई पत्राचार गरी निकासा गराएर आठवटा जिल्लाको कोलेनिकालाई पठाइसकिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा राजेश बर्माले खबर लेखेका छन्।
कुन जिल्लालाई कति?
सर्लाही ११ करोड २८ लाख ९० हजार
कञ्चनपुर ७ करोड ४४ लाख २१ हजार
महोत्तरी ६ करोड ७९ लाख ८ हजार
बारा ५ करोड ७८ लाख ६८ हजार
रौतहट २ करोड ७९ लाख ८८ हजार
नवलपरासी (सुस्ता पश्चिम) २ करोड ६५ लाख ५० हजार
सिराहा २ करोड ३९ लाख ४ हजार
सुनसरी २ करोड ३३ लाख ८४ हजार
स्रोत कृषि तथा पशुपन्छी विकास मन्त्रालय
Shares
प्रतिक्रिया