ad ad

छापा खबर


ओलीले कि पार्टी छाड्नुपर्छ, होइन भने निर्णय टाउकाले टेकेरै भए पनि कार्यान्वयन गर्नुपर्छ : झलनाथ

ओलीले कि पार्टी छाड्नुपर्छ, होइन भने निर्णय टाउकाले टेकेरै भए पनि कार्यान्वयन गर्नुपर्छ : झलनाथ

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ०:२९,

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्ताको सार संक्षेप :

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै त्यस निर्णयबाट ब्याक भएको समाचार आएको छ, पार्टी निर्णयको भविष्य के हुन्छ?

बाहिर के आयो मलाई थाहा छैन। तर, म यति भन्छु -पार्टी निर्णय नेकपाका सबै नेता-कार्यकर्ताले पालना गर्नुपर्छ। पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुुँदैन। प्रधानमन्त्रीले पनि टाउकोले टेकेरै भए पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ।

बैठकमा निर्णय हुँदा प्रधानमन्त्रीले कुनै असहमती राख्नुभएको थियो कि थिएन?

अहँ, राख्नुभएको थिएन। उहाँले पनि समर्थन गर्नुभएको हो। सर्वसम्मत निर्णय भएको हो।

गौतमको नाम कसले प्रस्ताव गरेको हो त?

हामी सबै नौजनाले नै प्रस्ताव गरेका हौँ।

प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ?

पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन। कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो, नेकपाको अध्यक्ष हुने अनि पार्टीको निर्णय नमान्ने हुन्छ त?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .