ad ad

छापा खबर


आवेगमा ओली : नेकपा सचिवालयलाई पठाए पाँच सन्देश

आवेगमा ओली : नेकपा सचिवालयलाई पठाए पाँच सन्देश

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ०:८,

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने नेकपा सचिवालयको निर्णयलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चुनौती दिएका थिएका छन्।

बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारको सिफारिसमा नेता गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने सर्वसम्मत निर्णय गरेको थियो।

तर, निर्णयबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले केहीबेरमै वरिष्ठ नेता माधव नेपाललाई बोलाएर सचिवालयको निर्णय कार्यान्वयन नगर्ने सन्देश दिएका छन्।

ओलीले नेता नेपालमार्फत नेकपा सचिवालयलाई पाँच सन्देश दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

ओलीले युवराज खतिवडालाई हटाउने षड्यन्त्र भएको, वामदेवले आफ्नो अडान फेरेको, सांसद बनाउने अधिकार सरकारको भएको, सचिवालयको निर्णय सैद्धान्तिक मात्रै भएको र आफूलाई साथ दिन ओलीले नेपाललाई आग्रह गरेका छन्।

‘म वामदेवलाई सांसद बनाउन सक्दिनँ, युवराज खतिवडालाई नै बनाउँछु, यो सरकारको अधिकार हो,’ ओलीले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .