ad ad

छापा खबर


राज्यमन्त्रीका सल्लाहकारद्वारा काठमाडौँमा बन्धक बनाएर किशोरी बलात्कार

राज्यमन्त्रीका सल्लाहकारद्वारा काठमाडौँमा बन्धक बनाएर किशोरी बलात्कार

नेपालखबर
फागुन १४, २०७६ बुधबार २३:४९,

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार ५२ वर्षीय घले १७ वर्षीया किशोरीलाई लिफ्ट दिने नाममा ४ दिन बन्धक बनाएर बलात्कार गरेको आरोपमा १४ दिन अघि पक्राउ परेका हुन्। यो खबर कान्तिपुरले छापेको छ।

घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।

उनलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए।

प्रहरीका अनुसार सिन्धुलीकी ती किशोरी घरबाट काठमाडौं आउने क्रममा काभ्रेको बनेपामा बस पर्खिरहेकी थिइन् । काठमाडौंबाट बनेपा पुगेका घलेले सडक किनारमा बस कुरिरहेकी किशोरीलाई मोटरसाइकलमा लिफ्ट दिए।

किशोरीलाई गन्तव्यमा पुग्न नदिई घलेले ४ दिनसम्म बन्धक बनाएको खुलेको छ । टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने प्रलोभनमा पारेर पटक–पटक बलात्कार गरेको खुलेको छ।

किशोरीले फागुन १ गते आफन्तलाई घटनाबारे खबर गरेको र सूचनाको आधारमा प्रहरीले घलेलाई नियन्त्रणमा लिएको जनाएको छ। घलेले फ्ल्याट भाडामा लिएर अनैतिक क्रियाकलाप गर्ने गरेको समेत खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .