ad ad

छापा खबर


मिस वर्ल्ड २०१९ : मल्टी मिडिया अवार्ड जित्ने अनुष्का भन्छिन्- एकदम खुसी छु

मिस वर्ल्ड २०१९ : मल्टी मिडिया अवार्ड जित्ने अनुष्का भन्छिन्- एकदम खुसी छु

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार २:९,

लन्डनमा जारी मिस वर्ल्ड २०१९ अन्तर्गत मल्टी मिडिया अवार्ड नेपालले जितेको छ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी मिस नेपाल अनुष्का श्रेष्ठले यो अवार्ड हात पारेकी हुन्।

प्रतियोगिताको समापन लगत्तै श्रेष्ठले भनिन्, ‘म एकदमै खुसी छु। जे योजना बनाएकी थिएँ, त्यो सफल भयो भन्ने लाग्छ। आज मिस वल्र्डको स्टेजमा नेपालको झण्डा फहराउन सकेँ भनेर गौरव लागेको छ।’

गत वर्षकी प्रतियोगी शृंखला खतिवडाले जस्तै अनुष्काले मल्टिमिडिया र ब्युटी विथ परपोज दुबै विधा जितेकी हुन्।

अनुष्काले प्रतियोगिताका दुई महत्वपूर्ण अवार्ड जितेर घर फर्किन लाग्दा उत्साहित भएको बताइन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

प्रतियोगिताको हेड टु हेड च्यालेन्जेजमा आफ्नो समूहको विजेता हुँदै शीर्ष ४० मा उनले आफ्नो स्थान सुरक्षित गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .