ad ad

छापा खबर


पौडेललाई ‘ठिक पार्न’ देउवाको यस्तो रणनीति

पौडेललाई ‘ठिक पार्न’ देउवाको यस्तो रणनीति

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार २:३१,

पार्टीका रिक्त विभाग गठनको विषयलाई लिएर विवाद बढ्दै गएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले थप नयाँ रणनीति बनाएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशनको विषयलाई मुख्य एजेन्डा बनाउँदै लगातार केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि सभापति देउवाले पहिले म्याद सकिन लागेको केन्द्रीय समितिको म्याद थप गर्ने, त्यसपछि जारी बैठकमा १४औं महाधिवेशनको एजेन्डालाई समावेश गर्ने, त्यसलगत्तै रिक्त विभाग गठन गर्ने र महाधिवेशनको कार्यतालिका ल्याउने गरी थप रणनीति बनाएका हुन्।

देउवा निकट एक नेताले सभापतिसहित सबै शीर्ष नेताहरू वर्तमान केन्द्रीय समितिको म्याद थप गर्ने विषयमा सहमत भइसकेकाले सभापतिलाई विभाग गठन गर्न नदिन मात्रै असन्तुष्ट समूहले अवस्था असहज बनाएको बताए। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

उनले असहज अवस्था रहिरहे सभापतिले पहिले कार्यसमितिको म्याद थप गर्ने, त्यसपछि महाधिवेशनको एजेन्डालाई बैठकमा राख्ने, त्यसलगत्तै विभाग बनाउने र कार्यतालिका ल्याउने गरी रणनीति बनाइरहेको जानकारी दिए।

‘यो विवाद भनेको महाधिवेशनको एजेन्डा हुँदै होइन । कुरा विभागको हो, विभाग गठन गर्दा सभापति बलियो बन्ने डर असन्तुष्ट समूहलाई छ, उहाँहरू सबै कार्यसमितिको म्याद थप्न सहमत भएपछि कार्यतालिका त आइहाल्छ,’ ती नेताले भने।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले महाधिवेशनमा जाने विषयमा कोही पनि असहमत नरहेकाले त्यसअघिको पार्टीको समायोजनसहितका अवस्थालाई पहिले मिलाएर जानुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .